+
+

माओवादी महाधिवेशन : प्रज्ञा भवनभित्र प्रवेशमा कडाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते ११:५२

१२ पुस, काठमाडौं । नेकपा माओवादीको आठौं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदै छ । प्रज्ञा भवन कमलादीमा अहिले प्रतिनिधिहरू प्रवेश गर्ने क्रम जारी छ । ११ बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन ।

प्रज्ञा भवनभित्र प्रवेश गर्ने प्रतिनिधिहरूलाई महाधिवेशनको कार्ड अनिवार्य गरिएको छ । मुख्य प्रवेशद्वारमा खटिएका स्वयंसेवकहरूले आगन्तुकको कार्ड हेरेर मात्रै प्रवेश गर्न दिएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डको सुरक्षा टोलीका प्रमुख प्रलोक पाण्डे आफैं सन्चारसेट बोकेर प्रज्ञा भवनको गेटमा खटिएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको टोली फिर्ता गरेपछि वाईसीएलले पाण्डे नेतृत्वको टोली खटाएको थियो ।

महाधिवेशनको व्यवस्थापनमा खटिएका वाईसीएल सहसंयोजक सुवोध शेर्पालीले प्रतिनिधिहरूलाई सहज रुपमा प्रवेशको व्यवस्था मिलाउन स्वयंसेवक टोलीले सहयोग गरिरहेको बताए ।

प्रज्ञा भवनको गेट बाहिर केन्द्रीय कार्यालय पेरिसडाँडाको एक टोली पनि छ । सो टोलीले प्रतिनिधिहरूलाई कार्डको व्यवस्था मिलाएको छ । सुरुमा प्रतिनिधिहरूलाई बाँडिएको ‘राष्ट्रिय सम्मेलन’ लेखिएको कार्ड फिर्ता लिने र ‘राष्ट्रिय महाधिवेशन’ लेखिएको कार्ड वितरण गर्ने काम केन्द्रीय कार्यालयको टोलीले गरेको छ ।

प्रतिनिधिहरू हलमा प्रवेश गरेपछि बन्दसत्र सुरु हुने छ । बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । त्यसपछि प्रतिवेदनमा सामूहिक छलफल सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?