+
+

माओवादी महाधिवेशनमा प्रचण्डले भने : संशोधन विना एमसीसी पारित गर्न सकिंदैन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १५:५६

१२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता परिमार्जन विना पारित गर्न नसकिने बताएका छन् ।

सोमबार पार्टीको आठौं महाधिवेशनको बन्दसत्रमा वैचारिक राजनीतिक प्रतिवेदन पेश गर्दै उनले ‘परिमार्जन सहित राष्ट्रिय हित अनुकूल बनाएर पारित गर्ने’ उल्लेख गरेका छन् ।

एमसीसी सम्झौता संशोधन विना कुनै हालतमा संसदबाट पारित गर्न नसकिने बताएका हुन् । बन्दसत्रमा सहभागी एक प्रतिनिधिले अनलाइनखबरसँग भने, ‘एमसीसीबारे  प्रष्टै छ, परिमार्जन सहित राष्ट्रिय हित अनुकूल बनाएर पारित गर्ने भन्नुभएको छ ।’

आइतबार माओवादी केन्द्रको महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रिय हित अनुकूल नै भएको दावी गरेका थिए । तर प्रचण्डले भने यथास्थितिमा एमसीसी राष्ट्रिय हित अनुकूल नभएको भन्दै परिमार्जन गर्नुपर्ने बताएका हुन् ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भइरहेको बन्दसत्रमा उनले २ घण्टा १५ मिनेट लगाएर प्रतिवेदन वाचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?