
१२ पुस, काठमाडौं । चौतारा साँगाचोकगढी नगर खेलकुद विकास समितिको आयोजना चौतारा साँगाचोकगढी मेयर कप खुल्ला हाफ म्याराथन यही पुस २४ गते हुने भएको छ ।
आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चौतारा साँगाचोकगढी नगरपालिकामा हुने जनाएको हो ।
प्रतियोगितामा खुल्लातर्फ महिला, पुरुष, भेट्रान्स र स्थानीय इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।हाफ म्याराथनको महिला र पुरुषतर्फको विजेताले ४४ हजार ४४४ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २२ हजार २२२ पाउने छन् ।
यस्तै तेस्रोले ११ हजार १११ र चौंथोले ५ हजार ५५५ पाउने छन् । ४० देखि ५५ उमेर समूहको भेट्रान्सको विजेताले ९ हजार ९ सय ९९, उपविजेताले ५ हजार ५५५ र तेस्रोले ३ हजार ३३३ रुपैयाँ पाउने छन् ।
यस्तै ५५ वर्ष माथिका सुपर भेट्रान्सको विजेताले ५ हजार ५५५ तथा स्थानीयतर्फको विजेताले पनि ५ हजार ५ सय ५५ पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4