+
+

भारतमा मदर टेरेसा च्यारिटीलाई विदेशी सहयोग लिन रोक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते ८:४३

१३ पुस, काठमाडौं । भारत सरकारले मदर टेरेसा च्यारिटीलाई विदेशी सहयोग लिन रोक लगाएको छ । भारतको गृह मन्त्रालयले मदर टेरेसा च्यारिटीको विदेशी सहयोग नवीकरण रद्द गरेको बीबीसीले जनाएको छ ।

मदर टेरेसा च्यारिटीले स्वास्थ्य, शिक्षा र अनाथहरुका लागि गर्दै आएको छ । पछिल्लो समय सामाजिक सेवासँगै इसाई धर्मको प्रचार गरेको आरोप लागेपछि यो संस्था विवादमा परेको छ ।

भारतको गृह मन्त्रालयले विदेशी सहयोग नवीकरणमा रोक लगाउनुको कारणबारे स्पष्ट भनेको छैन । उसले ‘नकारात्मक रिपोर्ट प्राप्त भएकाले’ विदेशी सहयोग नवीकरण नगरिएको मात्र भनेको छ । त्यो ‘नकारात्मक रिपोर्ट’ के हो भनेर स्पष्ट पारिएको भने छैन ।

यसअघि भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मदर टेरेसा च्यारिटीको सबै बैंक खाता बन्द गरिएको भन्दै सरकारको आलोचना गरेकी थिइन् । मन्त्रालयले भने उक्त आरोपको खण्डन गरेको छ ।

मन्त्रालयले भनेको छ, ‘मदर टेरेसा च्यारिटी स्वयंले भारतीय स्टेट बैंकलाई आफ्नो खाता बन्द गरिदिन अनुरोध गरेको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?