+
+

फराह खानको निर्देशनमा राजेश खन्नाको बायोपिक बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १२:१४
राजेश खन्ना । फाइल तस्वीर

१३ पुस, काठमाडौं । बलिउडका प्रथम सुपरस्टार राजेश खन्नाको बायोपिकमा चलचित्र बन्ने भएको छ । यो चलचित्रलाई निखिल द्विवेदीले निर्माण गर्दैछन् । चलचित्रका लागि निखिलले गौतम चिन्तामणिले लेखेको पुस्तक ‘डार्क स्टार’को अधिकार खरिद गरेका छन् ।

यो पुस्तकमा राजेश खन्नाको जीवनकथा प्रस्तुत गरिएको छ । चलचित्रलाई फराह खानले निर्देशन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चलचित्रको विषयमा अन्य जानकारी राजेश खन्नाको ७९ औं जन्मदिनको अवसर पारेर डिसेम्बर २९ अर्थात् बुधबार सार्वजनिक गर्ने तयारी निखिलले गरेका छन् ।

बलिउडमा ‘सुपरस्टार’को पहिलो ट्याग भिरेका राजेश खन्नाले लगातार एक दर्जन भन्दा बढी हिट चलचित्र दिएका थिए ।

राजेश खन्नासँग युवती फ्यानहरु हुरुक्कै हुन्थे । भारतमा बायोपिक चलचित्रले बक्स अफिसमा सुखद व्यपार गरिरहेका बेला राजेश खन्नाको कथाले पनि दर्शकलाई छुने निर्माताको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?