+
+

ब्राजिलमा भारी वर्षा हुँदा २० जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १५:१०

१३ पुस काठमाडौं। ब्राजिलमा भारी वर्षा हुँदा २० जनाको मृत्‍यु भएको छ । ब्राजिलको उत्तरपूर्वी बाहिया राज्‍यमा वर्षाको प्रभाव बढी देखिएको छ । उक्त राज्यमा आएको भारी वर्षाका कारण भौतिक क्षति पुगेको छ ।

यहाँको प्रकोप नियन्त्रण निकायले सोमबारसम्म उक्त वर्षाबाट कम्तीमा पनि २० जनाको ज्यान गएको छ भने अरू ३५८ जना घाइते भएको जनाएको छ ।

वर्षापछि आएको बाढीका कारण करीब १६ हजार मानिसहरु घरबारविहीन भएको अलजजिराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?