+
+

महिनामै आधा दर्जन बढी नेपाली फिल्म युट्युबमा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १७:१६

१३ पुस, काठमाडौं । सिनेमा हल बन्द रहँदा युट्युबमा पनि नेपाली चलचित्र सार्वजनिक भएनन् । तर, पछिल्लो समय भने युट्युबमा धमाधम एकपछि अर्को चलचित्र सार्वजनिक भइरहेका छन् ।

दुई महिनायता युट्युबमा चलचित्र सार्वजनिक हुने क्रम ह्वात्तै बढेको छ । त्यसमा पनि अंग्रेजी वर्षको डिसेम्बर महिनामा बढी नेपाली चलचित्र युट्युबमा सार्वजनिक भएका छन् । डिसेम्बरमा अहिलेसम्म आधा दर्जन बढी नेपाली चलचित्र युट्युबमा अपलोड भएका छन् । त्यसमा केही पुराना चलचित्र समेत छन् ।

डिसेम्बर २६ अर्थात् गत आइतबार मात्रै नेपाली चलचित्र ‘पसिना’ युट्युबमा सार्वजनिक गरिएको छ । डिसेम्बर २६ मै पुरानो चलचित्र ‘विष’ युट्युबमा अपलोड गरिएको छ ।

सोमबार पुरानो नेपाली चलचित्र ‘त्रिशूल’ युट्युबमा अपलोड गरिएको छ । नोभेम्बर २५ अर्थात् शनिबार अर्को पुरानो नेपाली चलचित्र ‘धुर्वे’ युट्युबमा अपलोड गरिएको छ ।

त्यस्तै, डिसेम्बर २४ मा चलचित्र ‘ब्लाइन्ड रक्स’ युट्युबमा सार्वजनिक गरिएको थियो । डिसेम्बर २३ मा चलचित्र ‘श्री’ सार्वजनिक भएको थियो भने डिसेम्बर १९ मा चलचित्र ‘मंगलम’ युट्युबमा सार्वजनिक गरिएको थियो । डिसेम्बर १९ मै ‘नाका’ पनि युट्युबमा अपलोड गरिएको छ । डिसेम्बर १४ मा चलचित्र ‘कबड्डी ३’ सार्वजनिक गरिएको थियो भने त्यसअघि डिसेम्बर ६ मा ‘घामड शेरे’ युट्युबमा सार्वजनिक गरिएको थियो ।

नोभेम्बरमा पनि थुप्रै चलचित्र युट्युबमा सार्वजनिक गरिएको थियो । ‘पुरानो बुलेट’, ‘यात्रा’, ‘लम्फू’, ‘हजार जुनीसम्म’, ‘डाइङ क्याण्डिल’ लगायतका चलचित्र नोभेम्बर महिनामा युट्युबमा सार्वजनिक गरिएका थिए ।

पछिल्लो समय युट्युबमा धमाधम नेपाली चलचित्र सार्वजनिक हुनुको मुख्य कारण विज्ञापन हो । अंग्रेजी नयाँ वर्षको समयमा विज्ञापन धेरै आउने हुँदा धेरैले नोभेम्बर–डिसेम्बरमा चलचित्र युट्युबमा सार्वजनिक गर्ने गरेको जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?