+
+

कोरोना बढेपछि दिल्लीका सिनेमा हल पूर्ण रुपमा बन्द गर्ने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते २१:२५

१३ पुस, काठमाडौं । कोरोना महामारीको तेस्रो लहरसँगै भारतका विभिन्न राज्यमा सिनेमा हलहरु बन्द गर्न शुरु गरिएको छ । यसको प्रभाव हाल रिलिज भइरहेका बलिउड तथा साउथका चलचित्रलाई परेको छ । आगामी दिनमा रिलिज हुने चलचित्रहरु पनि यसको प्रत्यक्ष मारमा पर्ने देखिएकोे छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाका बिरामी बढेपछि दिल्लीमा ५० प्रतिशत अकुपेन्सीमा सञ्चालन भइरहेका सिनेमा हलहरु पूर्ण रुपमा बन्द गर्ने घोषणा गरेका छन् ।

मंगलबार मुख्यमन्त्री केजरीवालले स्पा, जिम र चलचित्र भवनहरु बन्द गर्ने घोेषणा गरेका हुन् । दिल्लीमा ०.५ प्रतिशत भन्दा बढी कोभिडका बिरामीहरु बढेपछि चलचित्र भवनहरु बन्द गर्ने निर्णय गरिएको हो ।

भारतमा चलचित्र ‘सूर्यवंशी’पछि चलचित्र निर्माता, प्रदर्शक र वितरकहरुमा केही आशा पलाएको थियो । यसपछि रिलिज भएका हलिउड चलचित्र ‘स्पाइडर म्यान’ र साउथ इण्डियन चलचित्र ‘पुष्पा’ले बक्स अफिसमा तहल्का पिटिरहेका छन् । दिल्लीमा हल बन्द गर्ने निर्णयको प्रभाव हाल प्रदर्शन भइरहेका ‘स्पाइडर म्यान, पुष्पा र ८३’लाई पर्नेछ ।

यस्तै केही समयपछि रिलिज हुन लागेका ‘आरआरआर, राधे श्याम’ लगायतका चलचित्र पनि यो निर्णयबाट प्रत्यक्ष प्रभावित हुनेछन् । शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘जर्सी’को रिलिज मिति भने अनिश्चितकालका लागि पोष्टपोन्ड गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?