+
+

यी हुन् संसारका सबैभन्दा महँगा १० स्मार्टफोन, मूल्य पौने ६ अर्बसम्म

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १२:४७

यो वर्ष सन् २०२१ मा संसारमै सबैभन्दा महँगो फोन बजारमा आयो । फाल्कन सुपरनोभा आइफोन सिक्स पिंक डायमण्ड नामक उक्त आइफोनको नामको उक्त फोनको मूल्य करीब पौने ६ अर्ब रुपैयाँ छ । यो सँगै सन् २०२१ मा विश्वका सबैभन्दा महँगा १० स्मार्टफोन यी हुन् :

Virtue Signature Cobra : यो वर्षको दशौँ सबैभन्दा महंगो स्मार्टफोनको रुपमा रहेको भर्चु सिग्नेचर कोब्राको मूल्य तीन लाख १० हजार डलर अर्थात् करीब साढे तीन करोड रुपैयाँ छ । गहना निर्माता कम्पनी बुखेरोनले डिजाइन गरेको उक्त फोनमा ५.२ इन्चको फूल एचडी डिस्प्ले रहेको छ । यसमा २१ मेगापिक्सेलको मुख्य क्यामरा छ ।

Goldvish Revolution : २९ क्यारेटको भीभीएस वान ग्रेडेड हिरा तथा १८ क्यारोटको पिंक तथा ह्वाइट गोल्डको प्रयोग गरिएको यो पफोनको मूल्य ४ लाख ८८ हजार १५० डलर अर्थात् साढे ५ करोड रुपैयाँ पर्दछ ।

Goldvish Le Mission : १० लाख डलर मूल्य पर्ने यो फोनमा २ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ । यसको डिस्प्ले रिजोलुसन १६०० गुणा १२०० पिक्सेल छ । यो फोन पहेँलो, सेतो तथा गोल्ड कलरमा रहेको छ ।

Gresso Luxor Las Vegas Jackpot : १० लाख डलर मूल्य पर्ने यो फोनमा १०८ ग्राम सुन तथा ब्लाक डायमण्डको प्रयोग गरिएको छ ।

Diamond Crypto Smartphone : संसारको सबैभन्दा सुरक्षित स्मार्टफोनको रुपमा रहेको यो फोनको मूल्य १३ लाख अमेरिकी डलर पर्दछ । यो फोनको भ्वाइस तथा मेसेज कम्युनिकेसन सिस्टम एन्क्रिप्टेड हुन्छ । स्मार्टफोनको सबै प्रणाली पूर्ण सुरक्षित अर्थात् एन्क्रिप्टेड हुन्छ । यो फोन १८ क्यारेट गुलाबी सुनबाट बनेको छ ।

iPhone 3G Kings Button : १८ क्यारेट एल्लो गोल्ड, ह्वाइट गोल्ड तथा रोज गोल्डबाट बनेको यो फोनको मूल्य २५ लाख डलर अर्थात् झण्डै २९ करोड रुपैयाँ पर्दछ । यो फोनमा चारैतर्फ १३८ वटा उच्च गुणस्तरीय हिराको प्रयोग गरिएको छ । साथै होम बटनमा पनि ६.६ क्यारेटको हिरा राखिएको छ ।

Goldstriker iPhone 3GS Supreme : ३२ लाख डलर मूल्य पर्ने यो फोनमा ३३० वटा हिरा र ७१ ग्राम २२ क्यारेटको सुन प्रयोग गरिएको छ ।

iPhone 4 Diamond Rose Edition : ५00 भन्दा धेरै रोज गोल्डका टुक्राबाट बनेको यो फोनमा एप्पलको लोगोमा ५३ वटा हिराको प्रयोग गरिएकेा छ । यो फोनको मूल्य ८० लाख डलर अर्थात् करीब ९६ करोड रुपैयाँ पर्दछ ।

iPhone 4s Elite Gold : ५०० भन्दा धेरै रोज गोल्डको प्रयोग गरिएको यो फोनको पछाडिको भागमा २४ क्यारेटको सुन प्रयोग गरिएको छ । त्यस्तै लोगोमा पनि २४ क्यारेटको सुन र ५३ वटा हिराको प्रयोग गरिएको छ । यो फोनको मूल्य ९४ लाख डलर अर्थात् करीब १ अर्ब १२ करोड रुपैयाँ पर्दछ ।

Falcon Supernova iPhone 6 Pink Diamond : संसारको सबैभन्दा महँगो स्मार्टफोन हो यो । अमेरिकी लग्जरी ब्राण्ड फाल्कोनले यहीँ वर्ष यो फोन तयार पारेको हो । यो फोनको मूल्य चार करोड ८५ लाख डलर अर्थात् करीब पाँच अर्ब ८० करोड रुपैयाँ पर्दछ । यो फोन बनाउनका लागि प्लाटिनम, २४ क्यारेटको सुन तथा रोज गोल्ड प्रयोग गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?