+
+

नयाँ कलाकारले महँगो पारिश्रमिक मागेपछि दिक्क करण जोहर

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १२:४९

१४ पुस, काठमाडौं । निर्माता तथा निर्देशक करण जोहरले धेरै कलाकारलाई बलिउडमा भित्र्याएका छन् । कतिपयले करणले परिवारवाद बलिउडमा हाबी बनाएको आरोप समेत लगाउने गरेका छन् ।

बलिउडमा अधिकांश ‘स्टार किड्स’लाई ब्रेक दिएका करण नयाँ कलाकारहरुले अत्याधिक पारिश्रमिक माग गर्न थालेपछि दिक्क भएका छन् ।

भारतीय सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका छन्, ‘एक नयाँ कलाकार जसले बक्स अफिसमा आफ्नो दबदबा कायम गर्न बाँकी नै छ । उसले २० देखि ३० करोडसम्म पारिश्रमिक माग्छ । फेरि, यति धेरै पारिश्रमिक माग्नुको कुनै कारण पनि छैन ।’

करणले ती कलाकारलाई बक्स अफिसको कार्ड देखाउन मन लाग्ने पनि बताएका छन् । उनले भने, ‘बक्स अफिसमा खराब ओेपनिङ गरेका कलाकारलाई भन्दा त बरु प्राविधिक टिमलाई बढी पारिश्रमिक दिन आवश्यक छ । जसले चलचित्रलाई विशेष बनाउँछन् ।’

करणले अगाडि भने, ‘म केही नयाँ अभिनेतालाई २० करोड र सम्पादकलाई ५५ लाख मात्र पारिश्रमिक किन दिउँ ? जब म प्राविधिक टिमलाई अझै बढी रकम दिएर चलचित्रलाई उत्कृष्ट बनाउन सक्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?