+
+

‘आरआरआर’ पनि पोष्टपोन्ड होला ?

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १३:०१

१४ पुस, काठमाडौं । बलिउडका लागि सुखद् बनिरहेको बक्स अफिसमा केही झट्का लागेको छ । दुई सय करोड भारुमा तयार भएको चलचित्र ‘८३’ बक्स अफिसमा फ्लप भयो ।

‘सूर्यवंशी’, ‘स्पाइडर म्यान’ र ‘पुष्पा’ले उकासेको बक्स अफिसलाई अब कुन चलचित्रले निरन्तरता देला बन्ने अड्कलकाजी पनि चलिरहेका छन् । तर, यही बीचमा कोरोना महामारीको नयाँ भेरियण्ट ओमिक्रोन फैलिएपछि भारतको दिल्लीमा सिनेमा हलहरु बन्द गरिएका छन् । जसकारण चलचित्र ‘जर्सी’को डिसेम्बर ३१ मा रिलिज डेट पोष्टपोन्ड भइसकेको छ ।

अब सबैको नजर जनवरी ७ मा रिलिज हुन लागेको बहुप्रतीक्षित साउथ इण्डियन चलचित्र ‘आरआरआर’मा छ । करिब ४ सय करोड भारु बजेटमा बनेको यो चलचित्रका लागि दिल्ली सरकारको निर्णय अप्रिय बन्ने निश्चित छ । अर्कोतिर भारतका अधिकांश राज्यमा ५० प्रतिशत अकुपेन्सीमा मात्र सिनेमा हल सञ्चालन गर्न पाइने नियम छ । यसले पनि ‘आरआरआर’को बक्स अफिसलाई प्रभावित बनाउनेछ ।

तर, भारतका ट्रेड पण्डितहरुले जनवरी ७ बाट चलचित्रलाई पछि सार्ने योजना निर्देशक एसएस राजमौलीको नरहेको उल्लेख गरेका छन् ।

ट्रेड विश्लेषक तरण आदर्शले चलचित्र जनवरी ७ बाट पोष्टपोन्ड नहुने उल्लेख गरेका छन् । रामचरण, जुनियर एनटीआर, अजय देवगण, आलिया भट्ट अभिनित यो चलचित्रले बक्स अफिसमा तहल्का मच्चाउने विश्लेषण गरिएको छ । यसैले यतिबेला सबैको नजर ‘आरआरआर’का मेकरमाथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?