+
+

प्रचण्डको प्रतिवेदनमा सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम शुरू

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १४:०१

१४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा प्रतिनिधिहरुले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमा गरिएको सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम शुरू भएको छ ।

दुई समूहले निष्कर्ष सुनाइसकेका छन् । छलफलको निष्कर्ष सुनाउन टोली नेतालाई १५ मिनेटको समय दिइएको छ ।

सोमबारदेखि बन्दसत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए । ती प्रतिवेदनमा छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा विभाजन गरिएको थियो ।

प्रज्ञा भवन, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र पार्टी प्यालेसमा बसेर प्रतिनिधिहरुले प्रतिवेदनमा छलफल थालेका थिए ।

२५ मध्ये अधिकांश समूहले छलफल सकिसकेको थिए । छलफल सक्न बाँकी समूहलाई आज दिउँसो ११ बजेसम्मको समय दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?