+
+

पर्यटन बोर्डका सीईओ रेग्मीलाई निलम्बन नगर्न अन्तरकालीन आदेश

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १७:३४

१४ पुस, काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको छ ।

पुस २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले सीईओ रेग्मीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

सो निर्णयविरुद्ध रेग्मीले सर्वोच्च अदालतमा रिट दिएका थिए । बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासले उनको निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले रेग्मीलाई गरेको कारबाहीको विषयमा मन्त्रालयसँग लिखित जवाफ माग गरेको छ भने अन्तरिम आदेशका लागि दुबै पक्षलाई माघ ३ गते छलफलमा बोलाएको छ ।

विदेशबाट फर्किँदा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीमाथि दुर्व्यवहार गरेका रेग्मीलाई मन्त्रालयले लिखित स्पष्टीकरण सोधेको थियो । पर्यटन बोर्ड सञ्चालक समितिले रेग्मीमाथि छानबिन गर्न एक समिति पनि गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?