+
+

बैंकिङ कसुर मुद्दाबाट जोगिए कुमारी बैंकका कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १५ गते ७:५२

१५ पुस, काठमाडौं । नक्कली जग्गाधनी पुर्जा धितोमा ऋण प्रवाह भएको घटनामा बैंकिङ कसुर मुद्दा लाग्नबाट बैंकका कर्मचारीहरु जोगिएका छन् ।

कागजात किर्तेमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको छ । नक्कली धितोमा १९ करोड ऋण प्रवाह भए पनि सबै ऋण उठिसकेको र सर्वसाधारणको निक्षेप पनि सुरक्षित रहेको पाइएपछि प्रहरीले बैंकिङ कसुर मुद्दा चलाउन नमिल्ने निष्कर्ष निकालेको छ । याे प्रकरणमा बैंक व्यवस्थापनकाे कुशलताले प्रवाह भएको कर्जा सहजै उठेकाे छ भने निक्षेप समेत सुरक्षित छ ।

गायक योगेश्वर अमात्यले आफ्नो जग्गाको नक्कली पुर्जा तयार गरेको भनी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिएका थिए ।

सोही उजुरीमाथि छानविनका क्रममा सरकारी वकिल कार्यालयले बैकिङ कसुर मुद्दासमेत आकषिर्त हुने देखिएको भन्दै सो उपरसमेत छानबिन गर्न ब्यूरोलाई निर्देशन दिएको थियो । बैंकले अमात्यको उजुरी पर्नुभन्दा अघि नै बैंकबाट प्रवाह भएको कर्जा असुल उपर गरिसकेकाले विशेष सरकारी वकिल कार्यालयले बैकिङ कसुर मुद्दा चलाउनु नपर्ने भनी राय व्यक्त गरेको हो ।

गायक अमात्यको नाममा रहेको कम्पनीको स्वामित्वमा रहेको जग्गाको नक्कली जग्गाधनी दर्ता प्रमाण पूर्जा बनाई कुमारी बैंक लिमिटेड, न्युरोड शाखाबाट निकालिएको कर्जा बैंकले सो कर्जाको सुरक्षण स्वरुप रहेको धितो किर्ते रहेको जानकारी प्राप्त गर्नासाथ ऋणीबाट कर्जा असुल उपर गराएको थियो । यसले एकातिर बैंकले सर्वसाधारणको निक्षेप सुरक्षित गरेको छ भने अर्कातिर आˆना कर्मचारीहरु उपर बैंकिङ कसुर मुद्दा चल्नबाट जोगाएको छ ।

बैंकिङ कसुर मुद्दा चलेको भए कर्जा स्वीकृति गर्नेदेखि बैंकका कामु सीईओ अनुजमणि तिमिल्सिनालाई समेत अप्ठेरो पर्ने थयो । बैंकिङ कसुर सम्बन्धी मुद्दा नचलेपछि सबै कर्मचारीहरु जोगिएका छन् । यसले घटनामा संलग्न भनिएका कर्मचारीहरु पनि खुसी छन् ।

‘बैंकका कामु प्रमुख कार्यकारी अधिकृतको दुरगामी सोचले काम भयो, व्यवस्थापनको भूमिकाले यस बैंकको कर्मचारी भई कार्य गर्न पाएकोमा एकदमै खुसी छौं’ घटनामा संलग्न एक कर्मचारी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?