+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

धुलिखेल नगरपालिकाका विद्यालयमा एक हप्ता विदा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १५ गते १२:०५

१५ पुस, काठमाडौं । जाडो बढेपछि काभ्रेको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले सूचना जारी गर्दै, चिसोले बालबालिकाको स्वास्थ्यमा समस्या हुने भन्दै यही पुस २१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिएको जानकारी दिएको छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख माधवप्रसाद शर्माले भने ‘कोभिडका कारण ढिला विद्यालय सन्चालन भएकाले जाडो विदा नदिने निर्णय गरेका थियौं । तर हिजोदेखि अत्यधिक चिसो बढेपछि एक हप्ता विदा निर्णय गरेका छौं ।’

कतिपय विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको भए पनि विद्यालय खुलेपछि परीक्षालाई निरन्तरता दिई सञ्चालन गर्ने व्यवस्था मिलाउन नगरपालिकाले सबै विद्यालयलाई अनुरोध गरेको शिक्षा शाखा प्रमुख शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?