+
+

कोभिडले मिर्गौलामा गम्भीर असर पर्ने अध्ययनको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १५ गते १३:३२

१५ पुस, काठमाडौं । एक वैज्ञानिक अध्ययनमा कोभिड-१९ बाट संक्रमित भएका व्यक्तिको मिर्गौलामा गम्भीर क्षति हुने दाबी गरिएको छ ।

कोरोना भाइरसले मानव शरीरको मिर्गौलाका कोषमा सिधै संक्रमण गर्ने हुँदा पछि मिर्गौलाले काम गर्न नसक्ने ‘सेल स्टेम सेल’ नामक जर्नलमा प्रकाशित रिपोर्टमा उल्लेख गरिएको छ ।

शुक्रबार प्रकाशित उक्त रिपोर्टअनुसार दीर्घकालीन रुपमा संक्रमितको मिर्गौलामा गम्भीर असर पर्छ ।

‘सार्स कोभ-२ (कोभिड-१९) ले मिर्गौलाका कोषमा सिधै संक्रमण गर्छ र संक्रमितको नमूना परीक्षणले मिर्गौलामा देखिने ट्युबुलेइन्टर्स्टिसिअल फाइब्रोसिस समस्यासँग यसको  सम्बन्ध रहेको देखाउँछ,’ अध्ययनमा भनिएको छ । अध्ययनमा कोभिड-१९ को संक्रमणका क्रममा र संक्रमणपछि बिरामीको मिर्गौलाले काम नगरेको पाइएको तथ्य समेत उल्लेख छ ।

ट्युबुलेइन्टर्स्टिअल फाइब्रोसिस मिर्गौलामा हुने एक रोग हो । फाइब्रोसिसपछि मिर्गौलाको तन्तुमा दाग देखिन्छ र पछि सोही दागका कारण मिर्गौला खराब हुन्छ ।

कोरोना भाइरसलाई विशेषगरी फोक्सोमा गम्भीर असर गर्ने भाइरस भनेर चिनिन्छ । तर वैज्ञानिकहरूले यो भाइरसबाट संक्रमित भएपछि मिर्गौलामा पर्न सक्ने असरलाई समेत लामो समयदेखि हेरिरहेका छन् । यसै क्रममा पछिल्लो अध्ययन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?