+
+

धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि पुनः आवेदन माग

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १५ गते १३:५३

१५ पुस, काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि छनोट समितिले पुनः आवेदन माग गरेको छ । यस अघि ११ जनाले अध्यक्ष बन्न आवेदन दिएका थिए । तर मन्त्रिस्तरबाट छनोट समिति बनाउन नमिल्ने भन्दै समिति नै विघटन गरिएको थियो ।

मन्त्रिपरिषद् बैठकले नयाँ छनोट समिति बनाएपछि पुनः प्रक्रिया शुरु भएको हो । नयाँ समिति गठन भएपनि छनोट समितिको संयोजक कसलाई बनाउने भन्ने विषयमा अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विवाद देखिँदा अध्यक्ष नियुक्तिमा ढिलाइ भएको थियो ।

नयाँ समितिको संयोजकमा योजना आयोगको अर्थ हेर्ने भएकाले उपाध्यक्ष विश्वनाथ पौडेल नै संयोजक चयन भएका छन् । पौडेलले संयोजक आफैंलाई तोकेर पठाएपछि मन्त्रालय प्रक्रिया अघि बढाएको छ । छनोट समितिका अरु सदस्यमा अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र सरकारले तोकेको विज्ञ सदस्यको रुपमा नेपाल स्टक एक्सचेन्जका पूर्वअध्यक्ष डा. जीवनाथ धिताल रहेका छन् ।

बोर्डको अध्यक्ष बन्न चितवनका अनिल पौडेल, धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, बोर्डका उपकार्यकारी निर्देशक नवराज अधिकारी र बिमा समितिका पूर्वअध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक चिरञ्जीवी चापागाईंंले निवेदन दिएका छन् ।

यसैगरी राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पूर्वसीईओ सीताराम थपलिया, शेयर लगानीकर्ता केशवप्रसाद श्रेष्ठ, जीवन अमगाईं, रमेश हमाल, अम्बिका शर्मा लामिछाने र कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्यले पनि बोर्डको अध्यक्षका लागि आवेदन दिएका छन् । बिहीबार सूचना प्रकाशित भएसँगै उनीहरुले अब पुनः आवेदन दिनुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?