+
+
Shares

डार्फरमा राष्ट्रसंघको २ हजार टन खाद्यान्न लुटिएपछि रात्रिकालीन कर्फ्यू

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १५ गते १५:४९

१५ पुस, काठमाडौं। सुडानका अधिकारीले उत्तरी डार्फरमा विश्व खाद्य कार्यक्रमको खाद्यान लुटिएपछि रात्रिकालीन कर्फ्यु जारी गरेका छन् ।

अपरिचित बन्दुकधारीले १७ सयभन्दा बढी टन बराबरको खाद्यान्न लुटेपछि उत्तरी डार्फुरमा रात्रिकालीन कर्फ्यू लगाइएको अल जजिराले जनाएको छ ।

बुधबार राष्ट्रसंघले एक विज्ञप्ति जारी गर्दै जोखिममा रहेका ७ लाख ३० हजार मानिसलाई १ महिनाका लागि भण्डारण गरिएको खाद्यान्न लुटिएको जनाएको छ ।

‘सुडानमा हरेक ३ जनामध्ये १ जनालाई मानवीय सहायताको खाँचो छ’, राष्ट्रसंघका मानवीय सहायताकी संयोजक खार्दिएटा लो एन्डियाएले भनिन्, ‘यस खाले खाद्यान्न चाहिएका मानिसलाई वितरण गर्न सक्ने हाम्रो क्षमता अवरुद्ध हुन्छ ।’

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समेत खाद्यान्न लुटपाटको निन्दा गरेका छन् । ‘जोखिममा रहेका ७ लाख ३० हजार मानिसलाई १ महिनाका लागि राखिएको १७ सयभन्दा बढी टन बराबरको खाद्यान्न लुटिएको छ’, गुटेरेसका एक प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मंगलबार राति शान्ति मिसनले प्रयोग गर्दै आएका गोदाम र भवनमा भण्डारण गरिएको खाद्यान्न लुटिएको हो । खाद्यान्न लुटिएको स्थानमा व्यापक गोली चलेको स्थानीयलाई उदृत गर्दै समाचार माध्यमले लेखेका छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?