+
+

‘चीनलगायत देशमा एमबीबीएस अध्ययन गरेका विद्यार्थीको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषदमा’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते ६:४९

१६ पुस, काठमाडौं । कोरोना महामारीमा नेपाल फर्किएका चीनलगायत देशमा अध्ययनरत एमबीबीएस विद्यार्थीहरुको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाइएको शिक्षामन्त्री देवेन्द्र पौडेलको सचिवालयले जनाएको छ ।

चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका देशमा सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसीपको समस्या समाधानका लागि बिहीबारको मन्त्रिपरिषदमा प्रस्ताव लगेको मन्त्री पौडेलको सचिवालयले जनाएको हो ।

‘कोभिडका कारण नेपाल फर्किका (एमबीबीएस) विद्यार्थीहरुको समस्या समाधान गर्न हामी प्रतिबद्ध छौं, प्रस्ताव मन्त्रिपरिषदमा लगेका छौं, समितिमा छलफल भएपछि चाँडै टुंगो लाग्छ,’ मन्त्री पौडेलको सचिवालयबाट पठाइएको प्रेस नोटमा लेखिएको छ ।

यस्तै, विभिन्न मेडिकल कलेजहरुले विद्यार्थीबाट तोकिएको भन्दा बढी रकम लिएका मेडिकल कलेजहरुको अनुगमन तथा आवश्यक प्रमाण जुटाउन शिक्षा सचिवलाई निर्देशन पनि दिइएको मन्त्री पौडेलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?