+
+

गाउँको ठिटोलाई शहरको हावाले छोएको कथामा ‘चिसो एस्ट्रे’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते ११:३९

१६ पुस, काठमाडौं । चैत ४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक भएको छ । यो चलचित्रको टिजरमा मुख्य पात्रहरुको परिचय गराइएको छ ।

दिनेश पाल्पालीले निर्देशन गरेको यो चलचित्रले आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन खोजेको ठिटोको कथा उठाएको छ । कवि भूपी शेरचनले धेरै अघि नै काठमाडौंलाई चिसो एस्ट्रेको बिम्बको रुपमा प्रस्तुत गरेको बताउँदै आफू सोही विम्बबाट प्रभावित पनि भएको पाल्पालीले बताए ।

‘चिसो स्ट्रे’मा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशीलराज पाण्डे, रविन तामाङ, श्रृष्टि श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । चलचित्रको निर्माणमा महेशबाबुलाई प्रविन स्याङ्बा र सुस्मिता पराजुलीले सघाएका छन् । यो चलचित्रमा दिनेशकै कथा छ । चलचित्रमा अजर जंगमको संगीत, उज्ज्वल बस्ताकोटीको छायांकन र उज्ज्वल ढकालको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?