+
+

अमेरिकामा दैनिक कोरोना संक्रमितको संख्या ३ लाख नजिक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १३:००

१६ पुस, काठमाडौं । अमेरिकामा कोभिड-१९ का दैनिक संक्रमितको संख्या हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

अमेरिकामा नयाँ ओमिक्रोन भेरियन्ट सक्रिय रुपमा देखा परेसँगै कोभिड-१९ का दैनिक संक्रमितको संख्या ३ लाख नजिक पुग्न लागेको हो ।

सात दिनको औसत संख्या हेर्दा अमेरिकामा लगातार दोस्रो दिन दैनिक संक्रमितको संख्या हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । त्यहाँ हरेक दिन २ लाख ९० हजारभन्दा बढी संक्रमित थपिन थालेको रोइटर्स समाचार माध्यमले जनाएको छ ।

कम्तिमा १८ वटा राज्य र प्युटो रिकोमा दैनिक संक्रमितको संख्या महामारी शुरू भएयताकै उच्च बिन्दुमा पुगेको छ । यसबाहेक, अस्पताल भर्ना हुनेको संख्या २७ प्रतिशतले बढेको छ । म्यारिल्याण्ड, ओहाओ र वाशिङ्टन डिसीमा अस्पताल भर्ना हुने संक्रमितको संख्या हालसम्मकै धेरै पुगेको छ ।

दैनिक ३ लाख संक्रमित थपिन थालेपछि अमेरिकाका स्वास्थ्यविद्ले मानिसहरूलाई आउँदा हप्तामा अवस्था थप गम्भीर बन्न सक्ने र यसका लागि तयार रहन भनेका छन् । संघीय अधिकारीले समेत यात्रा गर्दा सावधानी अपनाउन भनेका छन् ।

‘हाम्रो दैनिकी जीवन कष्टकर हुने गरी संक्रमितको संख्या नाटकीय रुपमा बढ्दै छ’, मिनेसोटा विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ डा. माइकल ओस्टरहोमले भने, ‘आगामी महिना भाइरलको आँधी आउने छ र यसले सबैतिर दबाब सिर्जना गर्ने छ ।’

त्यस्तै, अधिकारीहरूले आगामी हप्तादेखि १२ देखि १५ वर्षका बालबालिकालाई बुस्टर डोज लगाउन अनुमति दिने गरी तयारी गरेको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?