
१६ पुस, काठमाडौं । संयुक्त राष्ट्रसंघले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच सुरक्षा र रणनीतिक मुद्दाहरूमा भएको वार्ताको स्वागत गरेको छ ।
बिहीबार दुई राष्ट्रपतिले युक्रेनमा बढ्दो तनाव र यस मुद्दामा आगामी वार्ताबारे छलफल गर्न टेलिफोन वार्ता गरेपछि संयुक्त राष्ट्रसंघका प्रवक्ता फ्लोरेन्सिया सोटो निनोले स्पुतनिकलाई भनेकी छन्, ‘हामी सधैं सदस्य राष्ट्रहरू बीचको संवादलाई स्वागत गर्दछौं,’ सोटो निनोले फोन कलको बारेमा सोध्दा उक्त टिप्पणी गरेका हुन्।
युक्रेनी सीमामा कथित रुसी सेना परिचालन र आक्रमणको तयारीको दाबीका बीच विगत केही सातादेखि रुस र युक्रेनबीच तनाव बढेको छ । मस्कोले भने बारम्बार सो आरोप अस्वीकार गर्दै आएको छ ।
रुसले आफ्नो विवेकमा आफ्नो क्षेत्रभित्र सेनालाई स्थानान्तरण गर्ने अधिकार भएको दाबी गरेको छ र रुसी सिमानानजिक नाटोको सैन्य गतिविधिले यसको सुरक्षालाई खतरामा पारेको आरोप पनि लगाएको छ।
डिसेम्बर १७ मा रूसले नाटो र संयुक्त राज्य अमेरिकालाई सुरक्षा ग्यारेन्टीको प्रस्तावहरू पठाएको छ । मस्को र वाशिङ्गटनबीच सुरक्षा ग्यारेन्टीका विषयमा वार्ता जनवरी १० मा तय गरिएको छ । त्यसैगरी जनवरी १२ मा यो मुद्दा छलफल गर्न रूस-नाटो काउन्सिल बैठक र अर्को दिन रुस र युरोपमा सुरक्षा र सहयोग संगठनको शिखर सम्मेलन आयोजना गर्ने तयारी गरिँदैछ ।
प्रतिक्रिया 4