+
+

चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीले अब नेपलमै इन्टर्नसीप गर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १८:१५

१६ पुस, काठमाडौं । सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद्को यही पुस १४ गते बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनलगायतका देशमा भर्ना भएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्न सैद्धान्तिक स्वीकृति दिएको जानकारी दिए ।

सरकारको यो निर्णयसँगै अब कोरोना महामारीका कारण चीन सरकारको छात्रवृतिमा पढ्न गएका विद्यार्थीको ६ महिना, बाईलिङिग्वील (द्विभाषिक) युनिभर्सिटीमा पढ्न गएकाहरुको ९ महिना र अंग्रेजी माध्यमको विश्वविद्यालयमा पढ्न गएकाहरुको तीन महिना सैद्धान्तिक कक्षा गर्न पाउने भएका छन् ।

यसअघि सन् २०१५ र १६औं व्याजका चीनमा अध्ययन पूरा गरेका विद्यार्थीहरुले नेपालमा इन्टर्नसीप गर्नको लागि स्वीकृतिको माग गर्दै पटकपटक प्रदर्शन गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?