+
+

माओवादी केन्द्रमा सहमतिको प्रयास जारी, क्लष्टर मिलाउन कठिन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते ८:२३

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रमा सहमतिमा नयाँ कार्यसमिति चयनको प्रयास जारी छ । निर्वाचन प्रक्रिया स्थगित गरेर नेताहरु छलफलमा जुटेका छन् ।

माओवादीका एकजना स्थायी कमिटी सदस्यका अनुसार अध्यक्ष प्रचण्ड आइतबार बिहान पनि नेताहरुसँग परामर्शमा व्यस्त छन् ।

सहमतिको प्रयास जारी रहेकाले माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रक्रिया आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको छ ।

क्लष्टर मिलाउन सकस

बन्दसत्र हलबाट पारित विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रति निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ ।

माओवादीको विधान अनुसार २९९ सदस्यीय केन्द्रीय समिति चयन हुने छ । यसभित्र खुलातर्फबाट १४५ जना र समानुपातिकबाट १५४ जना निर्वाचित हुनेछन् । तर समानुपातिकतर्फ क्लष्टर मिलाएर केन्द्रीय सदस्य चयन गर्न भने माओवादीलाई सकस परिरहेको छ ।

समानुपातिकतर्फ खसआर्यबाट ४५ जना निर्वाचित हुनेछन् । यसमा पनि पुरुष १२ जना, पुरुष युवा ३ जना, महिला २४ जना र महिला युवा ६ जना चुनिनेछन् ।

यसैगरी दलिततर्फ २२ जना निर्वाचित हुनेछन् । यसभित्र पुरुष ६ जना, पुरुष युवा १ जना, महिला १२ जना र महिला युवा ३ जना रहने छन् ।

मुस्लिम तर्फ ७ जना निर्वाचित हुनेछन् । यसभित्र पुरुष १ जना, पुरुष युवा १ जना महिला ४ जना र महिला युवा १ जना रहनेछन् ।

मधेसीतर्फ २३ जना चुनिनेछन् । यसभित्र पुरुष ६ जना, पुरुष युवा १ जना, महिला १३ जना र महिला युवा ३ जना रहनेछन् ।

आदिवासी जनजातिर्फ ४३ जना चुनिनेछन् । यसभित्र पनि पुरुष ११ जना, पुरुष युवा ३ जना, महिला २३ जना र महिला युवा ६ जना रहनेछन् ।

थारुतर्फ १० जना निर्वाचित हुनेछन् । यसभित्र पुरुष २ जना, पुरुष युवा १ जना, महिला ६ जना र महिला युवा १ जना रहनेछन् ।

अपाङ्गता भएका २ जनामध्ये पुरुष र महिला १-१ जना निर्वाचित हुनेछन् ।

पिछडिएको क्षेत्रतर्फ पनि २ जनामध्ये पुरुष र महिला १-१ जना निर्वाचित हुनेछन् ।

समानुपातिक पद्धतिबाट विभिन्न क्लस्टर अनुसार केन्द्रीय समितिमा चयन हुने नेताको नाम टुंगो लगाउने जिम्मा प्रदेश समितिलाई दिइएको छ । तर, सबै प्रदेश समितिबाटै नाम सिफारिस गर्न सकस भइरहेको छ ।

सहमतिको प्रयाससँगसँगै चुनावको तयारी

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सहमति नभए निर्वाचन प्रक्रियामा जाने घोषणा शनिबारको बन्दसत्रमा गरेका थिए । त्यसैले सहमतिको प्रयाससँगसँगै निर्वाचनको तयारी पनि अघि बढाइएको माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।

शनिबार राति सार्वजनिक संशोधित निर्वाचन कार्यतालिका अनुसार दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने छ । त्यसपछिका अन्य प्रक्रिया पूरा गरी साँझ ६ः२५ बजेदेखि १०ः२५ बजेसम्म मतदानको कार्यक्रम निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?