+
+

बार्सिलोना र एट्लेटिको विजयी, रियल मड्रिड पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते ९:३८

१९ पुस, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोना र एट्लेटिको मड्रिडले जित हात पार्दा लिग लिडर रियल मड्रिड गेटाफेसँग पराजित भएको छ ।

आइतबार भएको खेलमा रियल गेटाफेसँग १-० ले पराजित हुँदा अंक दूरी बढाउने अवसर गुमायो ।

गेटाफेलाई जिताउन घरेलु मैदान इनेस उनालले निर्णायक गोल गरे ।

रियल पराजित हुँदा छिमेकी एट्लेटिको मड्रिड र चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनाले भने जित निकाले ।

रियलको हारले दोस्रो स्थानको सेभियादेखि एट्लेटिको र बार्सिलोनालाई समेत फाइदा पुगेको छ ।

रियल २० खेलबाट ४६ अंकसहित शीर्ष स्थानमा छ । रियलभन्दा दुई खेल कम खेलेको सेभिया ३८ अंकसहित दोस्रो स्थानमा छ।

समान १९ खेल खेलेका एट्लेटिको र बार्सिलोनाको क्रमश: ३२ र ३१ अंक छ । जितपछि एट्लेटिको चौथो र बार्सिलोना पाँचौ स्थानमा उक्लेको छ । यस्तै १९ खेल नै खेलेको रियल बटिस ३३ अंकसहित तेस्रो स्थानमा छ ।

आइतबार राति भएको खेलमा एट्लेटिकोले राभो भालेकानोलाई २-० ले हरायो । दुवै गोल एन्जल कोरेअले गरे ।

अर्को खेलमा बार्सिलोनाले मालोर्कालाई १-० ले पराजित गर्‍यो । बार्सिलोनालाई जित दिलाउन पहिलो हाफको अन्तिम समयमा लुक डी योङले निर्णायक गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?