
१९ पुस, काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले आफ्नो कार्यकालको अन्तिम क्षणसम्म उत्तर कोरियासँग दिगो शान्तिका लागि पहल गर्ने बताएका छन् ।
राष्ट्रपति इनले नयाँ वर्षको अन्तिम सन्देश दिँदै क”टनीतिमार्फत् उत्तर कोरियासँग दिगो शान्तिका लागि पहल गर्ने बताएका हुन् । ‘मैले दिगो शान्तिलाई संस्थागत गर्ने प्रयास रोक्ने छैन’, उनले भने, ‘सरकारले अन्तिम समयसम्म अन्तर कोरियाली सम्बन्ध सुधार्ने कार्य र शान्तिको अपरिहार्य मार्ग पछ्याउने छ ।’
आउँदो मे महिनामा इनको ५ वर्षे कार्यकाल सकिँदै छ । उनले आफ्नो कार्यकालको केही महिना बाँकी रहँदा उत्तर कोरियासँग कूटनीतिक सम्बन्धमा महत्वपूर्ण सुधार गर्दै दिगो शान्तिका लागि अन्तिम प्रयास गर्ने बताएका हुन् ।
इनले राष्ट्रपति भएदेखि नै उत्तर कोरिया र दक्षिण कोरियाबीच दीर्घकालीन शान्ति स्थापनाका लागि पहल गर्दै आएका छन् । तर शान्तिका लागि उनले गरेको पहलप्रति उत्तर कोरियाले खासै रुचि देखाएको छैन ।
उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ वर्षको पूर्वसन्ध्यामा गरेको सम्बोधनमा मुलुकको अर्थतन्त्र उकास्ने र जनताको जीवनस्तर सुधार्ने कुरामाथि जोड दिएका थिए । तर सन् १९५०-१९५३ सम्म चलेको कोरियाली युद्ध औपचारिक रुपमा अन्त्य गर्नुपर्ने इनको अपिलबारे उनले केही बोलेका थिएनन् ।
प्रतिक्रिया 4