+
+

पदाधिकारी चयन नगरी सकियो माओवादीको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १७:३४

१९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पदाधिकारी चयन नगरी सकिएको छ ।

सोमबार ललितपुरमा बसेको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेपछि सकिएको हो । अध्यक्ष प्रचण्डले पुस २५ गते अर्को बैठक बस्ने र त्यसअघि छलफल गरेर पदाधिकारी, स्थायी समिति, पोलिट्ब्यूरो समितिका सदस्यहरु पनि टुंगो लगाउने बताएका छन् ।

बैठकपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले नेताहरु वर्षमान पुन र ओनसरी घर्तीसँग पनि सल्लाह गरेर पदाधिकारी चयन गरिने बताए ।

स्वास्थ्य उपचारका लागि हाल चीनमा रहेका पुन र उनकी पत्नी ओनसरी घर्ती मंगलबार नेपाल आउने र त्यसपछि उनीहरुसँग पनि छलफल गरेर पदाधिकारी टुंग्याउने अध्यक्ष प्रचण्डले बताए ।

‘उहाँहरुलाई पनि सामेल गर्नु भावनात्मक, संवेदना, विचार हरेक दृष्टिबाट उचित हुने भएको हुनाले पदाधिकारी चयन नगरेका हौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?