+
+

रेल चलाउने मिति प्रधानमन्त्रीको भारत भ्रमणपछि टुंगो लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १९:१७
जनकपुर जयनगर रेलमार्ग

१९ पुस, काठमाडौं । जनकपुर–जयनगर रेल सञ्चालनको मिति प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणपछि तय गरिने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवका अनुसार प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा यो विषय टुंग्याउने तयारी गरिएको छ । यद्यपि प्रधानमन्त्रीको भारत भ्रमणका मिति तय भइसकेको छैन ।

दुबै मुलुकको सहमतिमा उद्घाटनको मिति तय गरिने र कम्तीमा दिनको एक पटक रेल चलाउने गरी तयारी भइरहेको उनले जानकारी दिइन् ।

सोमबार प्रतिनिधिसभाको अर्थ समितिमा भएको छलफलमा उनले रेल पूर्वाधार विस्तारका लागि विभिन्न खण्डमा प्रक्रिया अगाडि बढाइएको समेत उनले बताइन् ।

गत साउनमै रेल्वेको ट्रयाकको गति परीक्षण गरिए पनि व्यवसायिक रुपमा सञ्चालनमा आउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?