+
+

शेखर कोइरालाले आफू पक्षका नेतालाई छलफलमा बोलाए

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १४:५८

२० पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूहका नेताहरुलाई छलफलमा बोलाएका छन् ।

उनले पार्टीको १४ औं महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बनेका नेताहरुलाई मंगलबार दिउँसो ३ बजे छलफलमा बोलाएका एक नेताले जानकारी दिए ।

१४ औं महाधिवेशनमा कांग्रेसको १३ पदाधिकारीमा उम्मेदवारी दिएकामा कोइराला समूहबाट ४ जनामात्रै निर्वाचित भएका छन् ।

सभापति शेरबहादुर देउवाले पदाधिकारीमा पराजित भएका आफूपक्षका नेतहरुलाई केन्द्रीय समितिमा मनोनित गरे पनि शेखर कोइराला पक्षका भने कोही पनि मनोनित गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?