+
+

दुई पदका लागि बागमतीमा ६ जनाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १९:००

२० पुस, हेटौंडा । माघ १२ गते हेटौंडामा हुने राष्ट्रिय सभा निर्वाचनको लागि ६ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय सभामा चार वर्ष अवधि समाप्त भएका सदस्यको ठाउँमा हुने निर्वाचनका लागि ६ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

राष्ट्रिय सभामा रिक्त भएका १९ मध्य बागमती प्रदेशबाट दुई जनाको लागि निर्वाचन हुने कार्यतालिका रहेको निर्वाचन कार्यालयले जनाएको छ । मंगलबार निर्वाचनमा सहभागि हुनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्ता गठबन्धन, नेकपा एमाले र नेमकिपाले उमेदवारी दर्ता गराएका हुन् ।

सत्ता गठबन्धन र एमालेले आफ्ना नेता र कार्यकर्तासहितको उपस्थितिमा उमेदवारी दर्ता गराएका हुन् । आगामी माघ १२ गते हुने निर्वाचनका लागि महिलातर्फ ३ जना र अन्यतर्फ ३ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

गठबन्धनबाट अन्य समूहमा कांग्रेसका कृष्णप्रसाद पौडेल, महिलामा एकीकृत समाजवादीबाट गोमाकुमारी तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन् । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा रहेका छन् ।

त्यस्तै, निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा नेकपा एमालेबाट गोपाल शाक्य र महिलातर्फ निरकुमारी कुँवरले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनमा सत्ता गठबन्धन र एमाले बिच प्रतिष्पर्धा हुने छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि नेमकिपाबाट अन्य तर्फ कृष्णबहादुर तामाङ र महिलातर्फ गीता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति प्रतिनिधि बनेर उनीहरुको उम्मेदवारी दर्ता गराएको राष्ट्रियसभा निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले बताए ।

आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसदको पद रिक्त हुँदैछन् । रिक्त हुन लागेको २० सिटमध्ये राष्ट्रपतिबाट मनोनित हुने एक स्थानबाहेक १९ सिटका लागि निर्वाचन हुन लागेको आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार आज मनोनयन दर्ता गराएका उम्मेदवारहरुको भोली २१ गते दाबी विरोधको उजुरी दिने कार्यक्रम रहेको छ ।

पुस २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम हुनेछ । २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने सोही दिन उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने छ भने माघ १२ गते विहान ९ बजे देखि ३ बजेसम्म मतदान कार्यक्रम सञ्‍चालन हुने निर्वाचन कार्यालयले जनाएको छ । मतदानका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर-८ मा रहेको हेटौंडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदान स्थल तोकिएको छ ।

निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र प्रदेशसभा सदस्यसहित प्रदेशबाट ३४६ मतदाता रहेका छन् । जसमा १०९ जना प्रदेशसभा सदस्य २३७ जना स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष रहेका छन् ।

कस्तो छ मतको तथ्याङक ?

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन सहित अन्य दुई वटा दल सहभागि बन्दै छन् । १२ गत हुने मतदानमा बागमती प्रदेशमा सरकार गठबन्धन, एमाले र नेमकिपा सहभागि हुँदै गर्दा प्रदेशको अवस्था भने यस्तो छ ।

तथ्याङक अनुसार बागमती प्रदेशमा एमालेको तर्फबाट प्रदेश सभा सदस्य ४३ र स्थानिय तहबाट १ सय १६ पालिका बाट ४ हजार १ सयय ५२ मतभार देखिएको छ ।

सरकार गठबन्धाका रहेको नेपाली काग्रेसको तर्फबाट प्रदेश सभा सदस्य २२ र स्थायि तहमा ६७ पालिका, नेकपा माओवादी केन्द्रबाट प्रदश सभा सदस्य २३ र स्तानिय तहमा ३३ र नेकपा एसबाट प्रदेश सभा सदस्य १३ र स्थानिय तहमा १७ गरी ४ हजार ८ सय ९० मतभार रहेको छ । निर्वाचनका राप्रपा बिबेकशिल साझा, नेमकिपा र स्वतन्त्र गरी ४ सय ५६ मतभार रहेको निर्वाचन कार्याललले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?