+
+

‘कठपुतली’ टिमको नयाँ फन्डा, फिल्म हेर्दा आइफोन-१२ पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते १२:०२

२२ पुस, काठमाडौं । शुक्रबारदेखि प्रदर्शन भइरहेको चलचित्र ‘कठपुतली’ले बक्स अफिसमा सुखद् व्यापार गरिरहेको छ । यो चलचित्रले शुक्रबारबाट नै हलमा दर्शकको राम्रो साथ पाएको छ । मिश्रित प्रतिक्रियाका बाबजुद चलचित्रले दर्शकको अभाव झेल्नु परेको छैन ।

सञ्चारमाध्यममा आएका समीक्षालाई लिएर आक्रोश पोखेपछि ‘कठपुतली’का निर्देशक भीमसेन लामा भने विवादमा तानिए । मिडियामा आएका प्रतिक्रियालाई सहजै रुपमा स्वीकार गर्न भन्दा पनि भीमसेनले नेपाली चलचित्रलाई सिध्याउन मिडियाले नै खेल खेलेको आरोप लागेपछि उनको आलोचना भयो । यसपछि भने उनले सामाजिक सञ्जालबाट आफ्नो स्टाटस हटाएका थिए ।

चलचित्रले हलमा दर्शकको राम्रो साथ पाइरहँदा निर्माण टिमले नयाँ फन्डा ल्याएको छ । चलचित्र हेर्ने दर्शकमध्ये एक जना भाग्यशाली दर्शकलाई आइफोन-१२ उपहार दिने योजना अघि सारिएको छ । यसका लागि दर्शकले चलचित्र हेर्नका लागि काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्नुपर्ने उल्लेख छ । तीमध्ये एक जनालाई आइफोन-१२ उपहार प्रदान गरिने निर्माण टिमले जनाएको छ ।

एउटा टिकट एक जना दर्शकका लागि मान्य हुने बताइएको छ । नेपालभरका जुनसुकै हलमा चलचित्र हेरेर टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा ह्यासट्याग दिएर राख्नुपर्ने उल्लेख गरिएको छ । फ्रेबुअरी १ तारिखमा विजेता घोषणा गरी पुरस्कार प्रदान गरिने ‘कठपुतली’को निर्माणपक्षले बताएको छ ।

पृथ्वी रानाले निर्माण गरेको यो चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, उषा रजक, कर्मा, शिल्पा मास्के, सुवर्ण थापा, धु्रव कोइराला लगायतका कलाकारको अभिनय छ । हरर जनरामा निर्माण गरिएको यो चलचित्रलाई सम्पदा मल्लले लेखेकी हुन् । यो चलचित्र शुक्रबारबाट दोस्रो सातामा प्रवेश गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?