+
+

सरकारले तोकेको उखुको मूल्यमा किसान असन्तुष्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते १५:२७

२२ पुस, काठमाडौं । बुधबार मन्त्रिपरिषदले तोकेको उखुको मूल्यमा किसानहरुले असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिषद् बैठकले उखुको प्रतिक्विन्टल मूल्य (सरकारी अनुदानसहित) ५९० रुपैयाँ तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

उखुको उत्पादन लागत र किसानको नाफाबापत प्रति क्विन्टल ५२० रुपैयाँ, सरकारले दिने अनुदान प्रतिक्वीन्टल ६५ रुपैयाँ २८ पैसा र उखु किसान प्रवर्द्धन शीर्षकमा थप प्रति क्वीन्टल ४ रुपैयाँ ७७ पैसा थप गरे र मूल्य निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयको सिफारिसमा उद्योग वाणिज्य  तथा आपूर्ति मन्त्रालयले पेश गरेको मूल्य बुधबार बसेको मन्त्रिपरिषद्ले अनुमोदन गरेको वाणिज्य मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । उखु किसान प्रवर्द्धन शीर्षकमा यो वर्ष किसानका लागि सरकारी अनुदान थप गरिएको पनि मन्त्रालयले जनाएको छ ।

‘किसानलाई खेतीमा आकर्षण गर्न सरकारले अनुदान थप गरेको हो,’ केसीले भनिन् ।

उखुको लागत भन्दा कम मूल्य तोकेको भन्दै किसानहरुले भने विरोध जनाएका छन् । उखु किसन संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम राय यादवले यो मूल्यमा उखु बेच्दा किसानलाई घाटा हुने बताए । ‘सरकारले हाम्रो हितमा काम गरेन, यो मूल्यले हाम्रो लागत पनि उठ्दैन’ सर्लाहीबाट उनले टेलिफोनमा भने ।

यसअघि उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली नेतृत्वको टोलीले उखुको प्रतिक्विन्टल मूल्य ६५० भन्दा बढी हुन पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?