
काठमाडौं । एनएमबि बैंकको २६औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।
काठमाडौंको सुन्धारास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा साधरण सभा सम्पन्न भएको हो ।
साधारण सभाले आव २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश पारित गरेको छ । साधारण सभाले स्वीकृत बोनस शेयर पश्चात बैंकको चुक्ता पुँजी रु. १८ अर्व ३६ करोड पुग्ने जानकारी गराइएको छ । बैंकको २०७८ असारसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप रु. १६६ अर्ब र कर्जा रु. १५८ अर्ब रहेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा भएको साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो धारणा राखेका थिए ।
दि फिनान्सियल टाइम्स, लण्डनले ‘बैंक अफ दी इयर एसिया २०२१’ र ‘बैंक अफ दी इयर नेपाल २०२१’ बाट यस बैंकलाई सम्मानित पनि गरेको छ ।
बैंकले २०१७, २०१८, २०२० र २०२१ गरि चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरेको बैंकले जनाएको छ ।
एनएमबि बैंकले हाल २०१ वटा शाखा, १३८ एटिएम र ९ विस्तारित सेवाद्वारा उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
प्रतिक्रिया 4