+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

नेपाल प्रहरीका २६ एसएसपीको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते ६:४८

२३ पुस, काठमाडौं । नेपाल प्रहरीका *२६ जना एसएसपीहरुको सरुवा भएको छ । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट जनपद प्रहरी तर्फ एसएसपीहरुको सरुवा भएको हो ।

उमेश राज जोशीलाई अपराध अनुसन्धान विभागबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयमा, चक्रबहादुर विष्टलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीको मानवस्रोत व्यवस्थापन महाशाखाबाट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतमा सरुवा गरिएको छ ।

श्यामलाल ज्ञवालीलाई विपद व्यवस्थापन कार्यालय सामाखुसीमा, बसन्त बहादुर कुँवरलाई अपराध अनुसन्धान कार्यालयमा, चन्द्र कुवेर खापुङलाई अपराध अनुसन्धान विभागमा, नल प्रसाद उपाध्यायलाई केन्द्रीय अनुसन्धान व्यूरो उपप्रमुख नक्सालमा, भिमप्रसाद ढकाललाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा र पुजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ ।

*(यसअघि समाचारमा २४ जना एसएसपीको सरुवा भएको उल्लेख गरिएकाले सच्याइएको छ । सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?