News Summary
Generated by OK AI. Editorially reviewed.- गृह मन्त्रालयको निर्णय अनुसार काठमाडौं र ललितपुरका एसएसपीसहित ३३ जना वरिष्ठ उपरीक्षकको सरुवा भएको छ ।
- काठमाडौंका एसएसपी रमेश थापालाई मधेश प्रदेश प्रहरी कार्यालयमा सरुवा गरी प्रधान कार्यालय अन्वेषण योजना निर्देशनालयमा काज राखिएको छ ।
- ललितपुरका एसएसपी होविन्द्र बोगटीलाई नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्सालमा सरुवा गरिएको छ ।
१८ जेठ, काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौं र ललितपुर वरिष्ठ उपरीक्षक (एसएसपी) फेरिएका छन् । गृह मन्त्रालयस्तरीय निर्णय अनुसार, सोमबार विभिन्न ३३ जना एसएसपीहरूको सरुवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले सोमबार साँझ सरुवाबारे जानकारी गराएका हुन् ।
काठमाडौंको एसएसपीमा रमेश थापा थिए भने ललितपुरको एसएसपीमा होविन्द्र बोगटी थिए ।
थापालाई काठमाडौंबाट सरुवा गरेर मधेश प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा जनकपुर, धनुषा सरुवा गरिएको छ । उनको काज भने नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय रहने मानवस्रोत विकास विभागले जनाएको छ ।
ललितपुरका एसएसपी बोगटीलाई भने नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, नक्सालमा सरुवा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4