+
+

एमालेले आज जिल्ला अधिवेशन गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते ७:२२

२३ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज जिल्ला अधिवेशन गर्दैछ । हिमाली जिल्ला र आन्तरिक विवादमा परेका १६ जिल्ला बाहेकमा आज अधिवेशन हुन लागेको हो ।

स्थगित गरिएका जिल्लाका अधिवेशन पछि गरिने नेकपा एमालेले जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट भर्चुअल रुपमा जिल्ला अधिवेशनको उदघाटन एकसाथ गर्ने नेकपा एमालेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

काठमाडौं जिल्ला अधिवेशनको उदघाटन समारोह मूलपानीस्थित क्रिकेट रंगशालामा आयोजना गरिएको छ । त्यहाँ एक लाख मानिस उतार्ने एमालेले दाबी गरेको छ ।

एमालेले जिल्ला अधिवेशनका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ । ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्जहरू जिल्ला-जिल्लमा केही दिनदेखि नै खटिएका छन् ।

यसअघि नेकपा एमालेले पालिका अधिवेशन पनि एकसाथ सम्पन्न गरेको थियो । जिल्ला अधिवेशन सकिएलगत्तै प्रदेश अधिवेशनको तयारीमा जुट्ने एमालेले जनाएको छ । प्रदेश अधिवेशन माघ ८ गते तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?