+
+

१६ जिल्लामा एमाले अधिवेशन नहुने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते ८:५४

२३ पुस, काठमाडौं । नेकपा एमालेको १६ जिल्लामा आज अधिवेशन नहुने भएको छ । बाँकी जिल्लाहरुको अधिवेशन भने अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

प्रदेश–२ का सात जिल्लामा आन्तरिक विवादका कारणले आज अधिवेशन नहुने भएको छ । सप्तरी बाहेक सिराहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, रौतहट र पर्साको जिल्ला अधिवेशन रोकिएको एमालेले जनाएको छ ।

संखुवासभाको जिल्ला अधिवेशन भने २६ पुसमा हुने भएको छ । त्यहाँ अध्यक्ष ओली आफैं जाने तयारी भएकाले अधिवेशन रोकिएको छ ।

रोल्पामा जिल्ला सचिवको निधन भएकाले अधिवेशन रोकिएको छ । बाँकी जिल्लाहरुमा भने चिसो र हिमपातका कारणले अधिवेशन नहुने भएको छ । मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा आज अधिवेशन नहुने रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?