+
+

विष्णु र आँचल अभिनित तेलुगू फिल्म ‘हिटम्यान’को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते १६:४२

२३ पुस, काठमाडौं । अभिनेत्री आँचल शर्माले अभिनय गरेको पहिलो तेलुगू चलचित्र ‘हिटम्यान’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मीहरुमाझ चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिएका छन् । एक कैदी जेलबाट भागेपछि उसले भोगेका समस्या र संघर्षलाई टिजरमा प्रस्तुत गरिएको छ । टिजरमा आँचलको भने कुनै पनि दृश्य समावेश छैन ।

पत्रकार सम्मेलनमा उपस्थित आँचलले टिजरमा नेपालको दृश्य समावेश नगरिएकाले आफू नदेखिएको बताइन् । चलचित्रको ट्रेलरमा भने भारतसँगै नेपाली दृश्य र कलाकार समेत देखिने कलाकार विष्णु अधिकारीले बताए ।

यो चलचित्रमा प्रशान्त ताम्राकारको पनि मुख्य भूमिका छ । केही अभिनेत्रीहरुसँग आफूहरुले कुरा गरेपनि अन्तिममा आँचल शर्मा भूमिकामा फिट भएको विष्णुले बताए । चलचित्रले नेपालको सुन्दरता प्रस्तुत गर्ने उनको भनाइ छ ।

आँचलले तेलुगू चलचित्र भएपनि आफूले नेपाली भाषा नै बोलेको बताइन् । तर, आफूले तेलुगू भाषा भने केही सिकेको उनले बताइन् ।

चलचित्रलाई नेपाल र भारतमा प्रदर्शन गरिने निर्माणपक्षले बताएको छ । यो चलचित्रलाई विष्णु अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?