+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

माधव र झलनाथलाई गल्ती गरेको महसुस हुनेछ : युवराज ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते १७:४२

२३, पुस दाङ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टी विभाजन गरेर माधव नेपालहरुले ठूलो गल्ती गरेको बताएका छन् ।

नेकपा एमाले दाङको १३ औं जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले पार्टी विभाजन गरेकामा माधव नेपाल र झलनाथ खनालहरुहरुलाई गल्ती महसुस हुने बताएका हुन् । ‘पार्टी नफुटाउनुस् भनेर माधवजीहरुलाई व्यक्तिगत रुपमा धेरै सम्झाएँ, उहाँहरु मान्नु भएन’ उनले भने, ‘त्यो दिन आउँछ, माधव र झलनाथजीहरुलाई विगतमा पार्टी विभाजन गरेर गल्ती गरेको महसुस हुनेछ ।’

उनले माधव नेपालले पार्टी विभाजन गरेर भिरबाट हाम फालेको टिप्पणी गरे । अहिले पार्टी विभाजन गरे पनि भोलि एमालेमै फर्कनुपर्ने अवस्था आउने भन्दै उनले नेपाललाई पार्टीमै फर्किनसमेत आग्रह गरे ।

पार्टीका उपाध्यक्ष ज्ञवालीले नेकपा एमालेको फुटले थोरै धक्का लागे पनि पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने नयाँ अवसर सिर्जना भएको उल्लेख गरे ।

‘एमालेलाई गुटबन्दी अन्त्य गर्ने एउटा ऐतिहासिक अवसर प्राप्त भएको छ’ उनले भने ‘यो अवसरलाई सदुपयोग गर्न सकियो भने एमालेलाई गुटबन्दीरहित बनाउन सकिन्छ ।’ उनले यो अवसर पार्टी अध्यक्ष केपी ओलीलाई आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?