 
																			२४ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगेर भेटेका छन् ।
एमालेले प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध गरिराखेको छ । अवरोध हटाउने विषयमा सर्वदलीय बैठक डाक्दा समेत एमाले उपस्थित नभएपछि प्रधानमन्त्री देउवा छलफलका लागि ओली निवास बालकोट पुगेका हुन् ।
यसअघि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र पौडेल बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए । पौडेलसँगको छलफल पनि सकारात्मक नभएपछि संयन्त्रले यो जिम्मा प्रधानमन्त्रीलाई नै दिएको थियो ।
एमालेले माधव नेपाल नेतृत्वको (एकीकृत समाजवादी) पार्टीका सांसद उपस्थित भएको संसद र बैठकहरूमा उपस्थित नहुने अडान राख्दै आएको छ ।
अध्यक्ष ओलीले एकीकृत समाजवादी पार्टी अवैध रहेको दाबीसमेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4