+
+

आगो ताप्दा जलेर घाइते महिलाको मृत्यु

पुस २० गते दिउँसो आगो ताप्ने क्रममा उनको खुट्टा र कपडा जलेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २४ गते १५:२४

२४ पुस, वीरगञ्ज । वीरगञ्जमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–२४ रानीघाट बस्ने ६० वर्षीया चन्द्रवती देवी कुर्मीको मृत्यु भएको हो । पुस २० गते दिउँसो आगो ताप्ने क्रममा उनको खुट्टा र कपडा जलेको थियो ।

वीरगञ्जकै नारायणी अस्पतालमा उपचार भइरहेकामा शनिबार बिहान चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?