+
+

ओलीलाई देउवाको प्रस्ताव : संसदको अवरोध हटाऔं, एमसीसी पास गरौं

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २४ गते १९:३४

२४ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । र, संघीय संसदमा जारी अवरोध हटाउन र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गर्न प्रस्ताव गरेका छन् ।

बिहीबार मात्र बसेको पाँचदलीय समन्वय समितिले संघीय संसदको अवरोध हटाउन विपक्षी दलको नेतासँग सम्वाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । त्यसको दुई दिनपछि शनिबार प्रधानमन्त्री देउवा, विवक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न उनकै निवास बालकोट, भक्तपुर पुगेका थिए ।

भेटमा देउवाले संसदको अवरोध खुलाउन र एमसीसी पास गर्न आग्रह गरेका छन् । जवाफमा ओलीले जे कारणले आफूहरुले संसद अवरुद्ध गरेको हो, त्यसबारे केही सम्बोधन भएको छैन । त्यसैले अवरोध यथावत् रहन्छ भनेका छन् ।

एमसीसीबारे पनि सत्तापक्षले नै औपचारिक रुपमा केही नभनेको ओलीको तर्क छ । अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ भन्छन्, ‘हामी त प्रतिपक्षमा छौं, त्यसमा पनि आन्दोलन गरिरहेका छौं । सत्तापक्षले औपचारिक रुपमा नबोलेकाले हामीले केही भनिरहनु परेन ।’

नेकपा एमालेले गत साउन आफूले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै लगातार संसद अवरोध गर्दै आएको छ ।  माधव नेपालसहितका सांसदलाई एमालेले निष्कासनको कारबाही गरेर संसद सचिवालयलाई जानकारी गराए पनि संसदले सूचना प्रकाशन गरेको थिएन, पछि उनीहरुले नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । त्यसैले एमालेले सभामुखले आफ्नो पार्टी विभाजन गरेको आरोप लगाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?