
२४ पुस, काठमाडौं । दिनेश हेन्जनकाे गाेलमा त्रिभुवन आर्मी फुटबल क्लबले शहीद स्मारक लिगमा शनिबार एनआरटीलाई १-० ले पराजित गरेकाे छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाा भएकाे खेलमा दिनेशले पहिलाे हाफमा गरेकाे गाेल नै आर्मीलाई ३ अंक जाेड्न निर्णायक बन्याे । उनले १७ औं मिनेटमा जगजित श्रेष्ठकाे पासमा गाेल गरेका थिए । खेलमा आर्मीले गाेल गर्ने अरु अवसर बनाएपनि फिनिसिङ गर्न सकेन।
यस्तै एनआरटीका गाेलकिपर अजित प्रजापतिले कृही उत्कृष्ट बचाउ गर्दा आर्मीले गाेल अन्तर बढाउन सकेन । आर्मीलाई जिताउन निर्णायक गाेल गरेका दिनेश हेन्जन म्यान अफ दि म्याच घाेषित भए । यस्तै एनआरटीका गाेलकिपर अजितले इमर्जिङ प्लेअरकाे पुस्कार पाए ।
सिजनकाे तेस्राे जितपछि जितपछि आर्मी ८ खेलबाट १४ अंक जाेडेर चाैथाै स्थानमै छ । एनआरटी ८ खेलबाट १० अंकसहित साताैं स्थानमै छ । एनआरटीकाे याे दाेस्राे हार हाे ।
जितपछिआर्मीका प्रशिक्षक नविन न्याैपानेले याे जित अगाडि बढ्न महत्वपूर्ण भएकाे बताए ।
‘अगाडि बढ्न महत्वपूर्ण थियाे आजकाे म्याच । अंक लिने लक्ष्य थियाे । त्यही अनुसार खेल्न सफल भयाैँ । खेलाडीले दिएकाे ड्युटी पूरा गरे’ न्याैपानेले भने, ‘अबकाे खेलमा पूरा अंक लिने लक्ष्य छ । अबका खेलमा अझै सुधार गर्दै जाने लक्ष्य छ ।’ जितपछि न्याैपानेले दबाब केही हल्का भएकाे बताए ।
एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले टिमले खेल्न नसकेकाे बताइ । ‘आज खेल्न सकेनाैं ।अघिल्लाे खेल अनुसार खेल्न सकेन । आजकाे खेलबाट खुशी छैन’ शाक्यले खेलपछि भने, ‘आज जित्ने लक्ष्यका साथ आएपनि प्रदर्शन भने भएन । आर्मीले दिएकाे दबाब थेग्न सकेन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4