
इन्टरनेट जाएन्ट गुगल र सोसल मिडिया कम्पनी फेसबुकमाथि युरोपेली मुलुक फ्रान्समा २८ अर्ब रुपैयाँ बराबरको जरिवाना भएको छ ।
फ्रेन्च नियामक निकायले फेसबुक र गुगलमाथि २३ करोड ७० लाख डलर अर्थात् २१ करोड युरो जरिवाना गरेको हो । त्यसमध्ये गुगलमाथि १५ करोड र फेसबुकमाथि ६ करोड युरो जरिवाना लागेको हो ।
अनलाइन ट्रयाकिङ अप्सनबाट बाहिरिने प्रक्रिया जटिल बनाएको भन्दै यी दुई अमेरिकी कम्पनीविरुद्ध चर्को जरिवाना लगाइएको हेा ।
फ्रान्सको प्राइभेसी वाचडग CNIL ले आफ्नो अनुसन्धानका क्रममा फेसबुक र गुगललाई दोषी ठहर गरेको हो ।
गुगल र फेसबुकले प्रयोगकर्तालाई cookies accept गर्नका लागि एउटा मात्र बटन दिएर निकै सजिलो गराएको तर कुकीज अस्वीकार गर्नका लागि यस्तो सरल तरिका उपलब्ध नगराएको र धेरै पटक क्लिक गर्न बाध्य पारेको भन्दै फेसबुक र गुगललाई दोषी ठहर गरिएको हेा । यसले इन्टरनेट प्रयोगकर्तालाई अनलाइन ट्रयाकरबाट बँच्नका लागि कठिन बनाएको उसको दाबी छ ।
उक्त जरिवानासँगै फ्रेन्च नियामक निकायले फेसबुक र गुगलले उक्त प्रक्रियामा सुधारका लागि तीन महिनाको समय दिएको छ । यदि तीन महिनामा पनि कुकीज अस्वीकार गर्ने सरल प्रक्रिया कार्यान्वयन नगरेमा दैनिक एक लाख युरोका दरले थप जरिवाना तिर्नुपर्नेछ ।
स्मरण रहोस् अययष्भक भनेको डिजिटल विज्ञापन लगायतका कारणका लागि इन्टरनेट प्रयोगकर्तालाई लक्षित गरिएको कोड तथा डाटा प्याकेट हो ।
स्मरण रहोस् इन्टरनेट प्रयोगकर्ताको हित तथा गोपनीयताका विषयमा अमेरिकाको तुलनामा युरोपेली सरकारहरूले कडा नियम अख्तियार गर्दै आएका छन् । जसका कारण वेबसाइटहरूले प्रयोगकर्ताको गतिविधि निगरानी गर्नका लागि अनुमति लिनु पर्दछ ।
CNIL का अनुसार फेसबुक तथा गुगलको फ्रेन्च होमपेज तथा युट्युबले प्रयोगकर्तालाई कुकीज स्वीकार गर्नका लागि अनुरोध गर्दछ । यसको अर्थ प्रयोगकर्ताहरुले स्वतन्त्र भएर आफ्नो सहमति दिन पाउँदैनन् र बाध्य हुन्छन् । यस्तो कार्य फ्रेन्च डाटा सुरक्षण कानूनको विपरीत भएको नियामक निकायको भनाइ छ ।
फ्रान्सद्वारा लगाइएको जरिवानाका सम्बन्धमा समीक्षा गरिरहेको र यस विषयमा सरकारी निकायहरूसँग मिलेर काम गर्ने फेसबुकको मातृ कम्पनी मेटाले जनाएको छ । साथै गुगलले पनि आफूलाई आफ्नो जिम्मेवारीबोध रहेको भन्दै यस विषयमा CNILसँग सहकार्य गर्ने जनाएको छ ।
एजेन्सी
प्रतिक्रिया 4