+
+

एमाले सप्तरीको अध्यक्षमा ताराकान्त चौधरी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १३:१६

२५ पुस, सप्तरी । नेकपा एमाले सप्तरीको अध्यक्षमा ताराकान्त चौधरी सर्वसम्मत चयन भएका छन् ।

एमालेको नवौं जिल्ला अधिवेशनको अग्निसाइर कृष्णासावरण गाउँपालिकामा भएको बन्द सत्रले चौधरीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । चौधरी दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।

बन्दसत्रले चौधरीको नेतृत्वमा १३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । उपाध्यक्षमा अब्दुल मजिद साकिर, सचिवमा देवनाथ यादव, सह सचिवमा अखिलेश झा र कुसुम आचार्यलाई चयन गरिएको छ ।

सदस्यमा बृजनारायण साह, युक्ति मरिक, बिन्दी मोची, विर बहादुर मर्स्याङ्दी मगर, देवनारायण श्रेष्ठ, बद्रीनारायण चौधरी, चन्द्रमान विक, चौठीलाल खंग, लक्ष्मी मण्डल लगायत चयन भएका छन् ।

अधिवेशनले शंकर देव, मन्जु साह, भोला राउत, कुन्जीलाल चौधरी, मो. युनिस, चित्रकला मगर, रामबृक्ष महतो, भुवन के.सी., शत्रुघ्न प्रसाद यादव, मागैन मंडललगायत २३ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ ।

नवनिर्वाचित कमिटीलाई एमालेका सचिव तथा प्रदेश २ का इन्चार्ज रघुबिर महासेठले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

अध्यक्षमा चयन भएका चौधरी नेकपा विभाजित भएपछि एमालेको जिल्ला अध्यक्ष रहँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?