+
+

शेयर बजार अर्थतन्त्रको अभिन्न अंग हो : गभर्नर

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १४:४९
फाइल तस्वीर

२५ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर बजार अर्थतन्त्रको एक अभिन्न अंग रहेको भन्दै यसले अर्थतन्त्रको पछिल्लो अवस्था झल्कने बताएका छन् ।

लेखा समितिमा आइतबार आयोजित छलफलमा उनले भने, ‘शेयर बजार नराम्रो चिज होइन, अर्थतन्त्रको महत्त्वपूर्ण अंग हो, तर यो स्टेबल हुनुपर्छ । अर्थतन्त्र कुन अवस्थामा छ, त्यो शेयर बजारमार्फत रिफ्लेक्ट हुन्छ ।’

उनले अहिले अर्थतन्त्र संकटमा आइनसकेको भन्दै चुनौतीपूर्ण अवस्थामा रहेको बताए । अर्थतन्त्र अत्यासलाग्दो अवस्थामा नरहेको तर सचेत हुनुपर्ने अवस्थामा रहेको उनको भनाइ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?