+
+

‘चपली हाइट ३’ एक साता सबैले हेर्न सक्ने, त्यसपछि खोप कार्ड अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १२:१८

२६ पुस, काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै नियन्त्रणका लागि सरकारले केही नियम लागू गरेको छ । अब माघ ७ गतेबाट सिनेमा हल जाने दर्शकसँग खोप लगाएको कार्ड अनिवार्य हुनुपर्नेछ ।

कोरोना महामारीका कारण भारतमा रिलिज हुन लागेका सबै चलचित्रको मिति पछि सारिएको छ । यसैले अब सिनेमा भवनहरुमा चलचित्र संकट शुरु हुने सम्भावना छ ।

आगामी शुक्रबारबाट अर्जुन कुमारले निर्माण गरेको चलचित्र ‘चपली हाइट ३’ रिलिज हुँदैछ । यो चलचित्रले हलमा उच्च शो पाउने निश्चित छ । बारम्बार प्रदर्शन मिति सारेका निर्माता कुमार अब चलचित्रलाई पछि धकेल्ने सोचमा छैनन् । सरकारले हल पनि बन्द नगरेकाले निर्माणपक्षलाई केही राहत भने भएको छ ।

हलमा पुराना चलचित्र मात्र भएकाले ‘चपली हाइट ३’ हेर्ने दर्शकका लागि यो मात्र एउटा फ्रेस चलचित्र हो । यो चलचित्र एक सातासम्म हरेक वर्गका दर्शकले हेर्न पाउनेछन् । तर, माघ ७ गतेबाट भने हलमा पुग्ने दर्शकसँग कोभिडको खोप लगाएको कार्ड हुनुपर्नेछ ।

एक सातासम्म चलचित्रले सुखद् व्यापार गरेको खण्डमा निर्माताका लागि ठूलो राहत हुने देखिन्छ ।

स्वस्तिमा खड्का, महेश त्रिपाठी, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रलाई सस्पेन्स थ्रिलर कथामा निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?