+
+

आङसाङ सुकीलाई थप ४ वर्ष जेल सजाय

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई थप ४ वर्ष जेल सजाय सुनाइएको छ । म्यानमारी सेनाले सञ्चालन गर्दै आएको एक अदालतले कम्तिमा ३ वटा अभियोगमा दोषी ठहर गर्दै सुकीलाई थप ४ वर्षको जेल सजाय सुनाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १३:०१

२६ पुस, काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई थप ४ वर्ष जेल सजाय सुनाइएको छ ।

म्यानमारी सेनाले सञ्चालन गर्दै आएको एक अदालतले कम्तिमा ३ वटा अभियोगमा दोषी ठहर गर्दै सुकीलाई थप ४ वर्षको जेल सजाय सुनाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । उनलाई अनाधिकृत रुपमा वाकी टकी प्रयोग गरेको र कोरोना भाइरससम्बन्धी प्रतिबन्ध उल्लंघन गरेको आरोपमा २-२ वर्ष जेल सजाय सुनाइएको हो ।

सेनाले गत फेब्रुअरीमा भएको ‘कू’पछि ७६ वर्षीया सुकीलाई नियन्त्रणमा लिएर झण्डै १ दर्जन अभियोग लगाएको थियो । तर सुकीले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएकी छन् ।

सुकीमाथि लगाइएका अभियोग राजनीतिक प्रेरित भएको सैनिक शासनका आलोचकहरू बताउँछन् । यदि सबै अभियोगमा दोषी पाइएमा उनलाई १०० वर्षभन्दा बढी जेल सजाय हुन सक्ने अलजजिराले जनाएको छ ।

गत महिना समेत प्रदर्शन उक्साएको र कोभिड-१९ सम्बन्धी प्रोटोकल उल्लंघन गरेको आरोपमा ४ वर्षको जेल सजाय सुनाइएको थियो । तर सैनिक नेतृत्वले पछि उक्त सजाय कटौती गरी २ वर्षमा झारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?