+
+

एमबीबीएस विद्यार्थीको आन्दोलनप्रति ७ विद्यार्थी संगठनको ऐक्यवद्धता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १३:४६

२६ पुस, काठमाडौं । एमबीबीएस विद्यार्थीको आन्दोलनप्रति संयुक्त विद्यार्थी संगठनले ऐक्यवद्धता जनाएको छ ।

एमालेको अनेरास्ववियुबाहेकका ७ विद्यार्थी संगठनको सोमबार दरबारमार्गमा बसेको बैठकले विभिन्न मेडिकल कलेजका विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माग पूरा गर्न दबाब दिएको हो ।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियनलगायत संगठनहरूले विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौं उपत्यकामा रहेको काठमाडौं मेडिकल कलेजको समस्या समाधान गर्न माग गरेका छन् । नोबेल मेडिकल कलेजको आन्दोलनमा विद्यार्थीमाथि आक्रमण भएको भन्दै कारबाहीको मागसमेत गरेका छन् ।

उनीहरूले समस्या समाधानको पहलका लागि गृहमन्त्री, शिक्षामन्त्री र चिकित्सा शिक्षा आयोगमा ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेका छन् ।

मंगलबार काठमाडौं मेडिकल कलेजमै उपस्थित भई विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउने कार्यक्रम तय भएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

विराटनगरको नोवेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा एमबीबीएस विद्यार्थीहरूले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा अतिरिक्त शुल्क लिएको भन्दै आन्दोलन गरिरहेका छन् ।

कलेज सञ्चालकले भने आयोगबाटै समस्या सिर्जना भएको भन्दै आफूहरूले अतिरिक्त शुल्क नलिएको दाबी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?