+
+

मुकेश अम्बानीले न्यूयोर्कको चर्चित होटल किन्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १६:००

२६ पुस, काठमाडौं । एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले अमेरिकाको न्यूयोर्कस्थित मन्डारिन ओरियन्टल होटल किन्ने भएका छन् ।

भारतीय कम्पनी रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष समेत रहेका अम्बानीले न्यूयोर्कको चर्चित होटल मन्डारिन ओरियन्टलको माउ कम्पनी खरिद गर्न लागेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार मध्यमहरुका अनुसार अम्बानीले ९ करोड ८१ लाख अमेरिकी डलरमा मन्डारिन ओरियन्टलको केम्यान आइल्याण्डस्थित माउ कम्पनीको सबै शेयर किन्न लागेका हुन् । होटलको ७३.४ प्रतिशत सम्पत्तिमा दुबईको इन्भेष्टमेन्ट कर्पोरेशनअन्तर्गत रहेको उक्त कम्पनीको स्वामित्व रहेको छ ।

मार्चभित्र होटल खरिद सम्झौता हुने सीएनएनले जनाएको छ । रिलायन्सले मन्डारिन होटेलको बाँकी शेयर समेत किन्ने योजना बनाएको छ । अन्य शेयरधनीले सोही मूल्यमा बिक्री गर्न चाहेको खण्डमा बाँकी शेयर किन्ने योजना रहेको रिलायन्सको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?